भारु नोट सटहीको वातावरण मिलाउन राष्ट्र बैंकको टोली भारत जाँदै


 


काठमाडौं, पुस २५
भारतले प्रतिबन्धि गरेका हजार र पाँच सय दरका भारु नोटको सटहीबारे छलफल गर्न डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा राष्ट्र बैंकको एक टोली भारत जाने भएको छ ।

भारतले बोलाएपछि डेपुटी गभर्नर सँगै विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुंगाना, अर्थमन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव र भारतका लागि नेपाली राजदुताबासका एक प्रतिनिधिसहित भारतमा जान लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए ।

गएको नोभेम्बर ८ मा भारतले हजार र पाँच सय दरको भारु नोटमा प्रतिबन्ध लागाएपछि नेपालमा रहेका भारुनोटबारे अन्यौल बढेको छ ।

तर भारत जाने मिति भने अझै एकिन भएको छैन । भारतले बोलाएपछि अब नेपालमा रहेका भारतीय नोटको सटहीको ढोका खुलेको प्रवक्ता पौडेलको भनाई छ ।

प्रकाशित मिति: २५ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्