सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम


 


काठमाडौं, जेठ ७ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले मधेश प्रदेश अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूलाई क्षमताअभिवृद्धि तालिम दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेको उपस्थितिमा बर्दिबासमा संचालित उक्त कार्यक्रममा ५५ जनाभन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पान्डेले कर्मचारीहरू कम्पनीको मेरुदण्ड भएको र यस प्रकारको तालिमले उनीहरूको कार्य सम्पादन क्षमता अभिवृद्धि हुन गई ग्राहक सेवा सुदृडिकरण तथा संस्था सशक्तिकरणमा सहयोग पुग्ने बताउनुभयो ।

वर्तमान सन्दर्भमा कम्पनीहरूको सञ्चालन जोखिम बढ्दै गएको भन्दै पान्डेले यस्तो कार्यक्रमले त्यस खालका जोखिम घटाउन मद्दत पुग्ने कुरा बताउनुभयो । साथै यस किसिमको कार्यक्रम देशैभर गरिने योजना रहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा अन्डरराइटिङ, ग्राहक सेवा, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण, अनुपालन, अभिकर्ता सेवा, दाबीलगायत विषयमा प्रमुख सञ्चालन अधिकृत ज्ञानबहादुर रायमाझीले तालिम प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा चिफ बिजनेस अफिसर गुणराज श्रेष्ठले अनुपालनलाई मध्यनजर गर्दै नयाँ व्यवसाय बिस्तारमा जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्