प्रतिपक्षी दलहरुले अब संयुक्त रुपमा सडक र सदनबाट संसदीय समिति गठनको माग गर्ने


 


काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले संयुक्त रुपमा सदन र सडकबाट संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन् ।

सोमबार दिउँसो बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको मागलाई थप सशक्त रूपमा उठाउने निर्णय गरेको हो ।

बैठकले आजको प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले खेलेको भूमिकामाथि पनि प्रश्न उठाएका थिए ।

बैठकमा कांग्रेस, राप्रपाका साथै जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू उपस्थित थिए ।

प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्