सुनको मूल्यमा आज अर्को रेकर्ड


 


काठमाडौं, जेठ ७ । नेपाली बजारमा सुनको मूल्यले आज अर्को रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४१ हजार ८ सयमा कारोबार भएको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

सुन हिजो प्रतितोला एक लाख ४० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्