खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ


 


सुनसरी, जेठ ६ । ईटहरी उपमहानगरपालिका–७ बस्ने २८ वर्षीय भीम भन्ने रामकुमार पण्डितको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय उमेश चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका–७ रामजानकी टोलमा उमेशले धारिलो हतियार खुकुरी प्रहार रामकुमारको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्