सुनको मूल्यमा अर्को नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च


 


काठमाडौं, जेठ ६ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।

आज सुन हालसम्मकै उच्च बिन्दुमा पुग्दै प्रतितोला एक लाख ४० हजार ९ सय रुपैयाँ पुगेको छ ।

सुनको यो मूल्य गत शुक्रबारको भन्दा एक हजार ६ सय रुपैयाँ बढी हो । शुक्रबार सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

सुन यसअघि सबैभन्दा बढी मूल्य गत बिहरुबार प्रतितोला एक लाख ४० हजार रुपैयााँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी पनि हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।

चाँदी आज गत शुक्रबारको भन्दा तोलामा एक सय १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार ९ सय १० रुपैयाँ पुगेको छ ।

चाँदी गत शुक्रबार प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्