राष्ट्रपतिले भनिन्- पृथ्वीनारायण शाहको सम्मान हुनुपर्छ


 


काठमाडौं, पुस २५
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणका नायक एवं राष्ट्रियता, एकता र अखण्डताका प्रतिक पृथ्वीनारायण शाहप्रति आफ्नो उच्च सम्मान रहेको बताएकी छन् ।

राष्ट्रपतिको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘आफू आज यो देशको नागरिक र राष्ट्रपति हुनुमा उनको एकीकरणको ठूलो योगदान छ । पृथ्वीको मुल्याङ्कन र सम्मानका लागि राजनीतिक आग्रह र पूर्वाग्रह लिइरहनु पर्दैन ।’

राष्ट्रपति भण्डारीले आइतबार शितल निवासमा राप्रपाका प्रमुख सचेतक दीलनाथ गिरी र सचेतक पर्शुराम तामाङसँग यस्तो बताएकी हुन् । गिरी र तामाङले आगामी २७ गते सार्वजनिक विदा घोषणा गरिदिनेबारे पहल गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए ।

एकीकरणका अभियन्ता, नेपाल र नेपालीका पहिचान बोकेका पृथ्वीको सम्मानका लागि आगामी २७ गते सार्वजनिक विदा दिने सम्बन्धमा आफूले सम्बन्धित पक्षसँग परामर्स गर्ने जानकारी भण्डारीले दिइन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २५ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्