अाजबाट एमाले मोरङको आठौँ अधिवेशन
विराटनगर, पुस २५
नेकपा (एमाले) मोरङको आठौँ जिल्ला अधिवेशन अाजदेखी विराटनगरमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने सो अधिवेशनमा ८८२ जना प्रतिनिधिको सहभागिता रहने सो पार्टीद्वारा पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।
अाठाैं अधिवेशनको तयारी पूरा भइसकेको र यसलाई भव्यरुपमा सफल बनाउनका लागि १४ वटा उपसमिति गठन गरिएको एमाले माेरङले जानकारी दिएकाे छ ।
एमाले अध्यक्ष केपी शर्मा, ओलीले आठौँ अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनका सम्पन्न गर्नका लागि अनुमानित रु २५ लाख खर्च हुने बताइएकाे छ ।
एमाले माेरङकाे अध्यक्षका लागि विनाेद ढकाल र महेश रेग्मीकाे चर्चा सुरू भएकाे छ भने उनिहरूले त्यही अनुरूप तयारी गरिरहेका छन् ।
प्रकाशित मिति: २५ पुस २०७३, सोमबार