अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनीको मृत्यु


 


अफगानिस्तान । मध्यअफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा तीन जना विदेशी स्पेनिस नागरिक भएको पुष्टि भएको छ । जसमध्ये दुई जना महिला र एक जना पुरुष रहेको स्थानीय प्रहरी अधिकारीले शनिबार बताएका छन् ।

सो घटनामा स्पेन, नर्वे, अस्ट्रेलिया र लिथुआनियाका चार विदेशी नागरिक पनि घाइते भएको बाम्यानका प्रान्तीय प्रहरी प्रवक्ता मुहम्मद खवानी रसाले सिन्ह्वालाई बताउनुभयो ।  

विदेशी नागरिक बाहेक गोली हानाहानमा एक अफगानी नागरिक मारिनुका साथै अन्य तीन अफगानी घाइते भएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतीन कानीले सामाजिक सञ्जाल एक्समा बताउनुभएको छ । 

सो घटनाको अनुसन्धानका क्रममा चार संदिग्धलाई पक्राउ गरिएको पनि कानीले उल्लेख गर्नुभएको छ । रासससिन्ह्वा

प्रकाशित मिति: ५ जेष्ठ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्