कपनबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ


 


काठमाडौँ, जेठ ४ । काठमाडौँको कपनबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बूढानिलकण्ठ नगरपालिका–११ स्थित सिमलटारबाट सिन्धुपाल्चोक घर भएका २३ वर्षीय अर्जुन दर्नाललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको हेलम्बु घर भएका दर्नालले ‘म सँग पेस्तोल छ’ भनेर कपनका स्थानीयहरूलाई धाकधम्की दिने गरेका थिए ।

प्रहरीले उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्