राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित


 


काठमाडौं, जेठ ४ । नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूले बैठक शुक्रबार दिउँसो बसेको राष्ट्रिय सभामा अवरोध गरेका छन् ।

प्रतिपक्षी दलहरुको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका छन्।

उनले अर्को बैठक आइतबार दिउँसो १ः१५ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

यस्तै यसअघि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको थिया े। बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको थियो। तर सूचना टाँसेर दिउँसो २ बजेका लागि सारेको हो।

नेपाली कांग्रेसले सहकारी ठगी विषयमा संसदीय छानबिन समिति बनाउन माग गर्दै आएपनि सत्तारूढ दलहरूसँग सहमति नहुँदा बैठक अवरोध हुँदै आएको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्