संसद खुलाउन प्रधानमन्त्रीको दौडधुप, कांग्रेसलाई बोलाए छलफलमा


 


काठमाडौं, जेठ ४ । संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलमा बोलाएका छन् ।

उनले छलफलका लागि बेलुका ६ बजे कांग्रेस नेताहरुलाई बोलाएका हुन् ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । यसमा सहमति जुट्न नसक्दा संघीय संसद प्रभावित हुँदै आएको छ ।

यही विषयमा विवाद हुँदा बिहीबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल नै भएको थियो ।

आज ११ बजेका लागि बोलाइएको बैठक पनि २ बजेसम्मका लागि सारिएको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्