उच्च रेकर्ड बनाएपछि घट्यो सुनको मूल्य


 


काठमाडौं, जेठ ४ । बिहीबार नेपाली बजारमा हालसम्मकै उच्च मूल्य काम भएको सुनको मूल्य आज भने घटेको छ ।

सुन आज (शुक्रबार) तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ४० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी आज तोलामा पाँच रुपैयाँ घट्द्र प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्