सुन जस्तो देखिने पहेलो धातु देखाई ठगी गर्ने व्यक्ति पक्राउ


 


झापा, जेठ ३ । सुन जस्तो देखिने पहेलो धातु देखाई ठगी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका–५ क्षेत्री वाहुन टोल बस्ने ३० वर्षीय सन्जित शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दमक नगरपालिका हाटबजारको क्षेत्रमा जेष्ठ नागरिक र महिलाहरूलाई सुन जस्तो देखिने पहेलो धातुको टिल देखाई नगद तथा महिलाहरूले लगाएका सुनका गरगहनाहरूसँग सट्टापटा गरी ठगी गर्ने गरेको आराृपमा पैहरीले उनीहरुलाई पक्राय गरेको हो ।

सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीले शर्मालाई दमक नगरपालिका–६ पशुहाटबाट ५६ ग्राम ३ सय १० मिलिग्राम तौल भएको सुन जस्तो देखिने धातुसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्