एमाले सर्लाहीको अध्यक्षमा पुनः साह निर्वाचित


 


सर्लाही, जेठ ३ । नेकपा (एमाले) को सर्लाही जिल्ला अध्यक्षमा राजनारायण साह पुनः निर्वाचित हुनुभएको छ । एमालेको नवौँ जिल्ला अधिवेशनबाट उहाँ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचिन हुनुभएको हो ।

निर्वाचन समितिका संयोजक रमेश न्यौपानेका अनुसार पार्टीको जिल्ला उपाध्यक्षमा बिदुरकुमार प्याकुरेल, सचिवमा डिल्लीप्रसाद अधिकारी, उप–सचिव ९खुल्ला० मा बलराम एस्माली मगर र उप–सचिव ९महिला० मा विभा नेपाल निर्वाचित हुनुभएको छ । 

यस्तै लेखा समिति अध्यक्षमा रमेशप्रसाद चौलागाई, सचिवमा रेणुका पौडेल र खुला सदस्यमा  खेमबहादुर भण्डारी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको हो । कूल ६ सय १०  प्रतिनिधिमध्ये पाँच सय ७४ जना बुधबार मतदानमा सहभागी भएका थिए ।

प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्