चितुवा मृत अवस्थामा फेला


 


डडेल्धुरा, जेठ ३ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ चेल्फीस्थित भुमिदेव सामुदायिक वन भित्र चितुवा मृत फेला परेका छ ।

अन्दाजी ५ वर्षको चितुवा कम्मरमा घाउ भएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

चितुवा मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त भएपछि त्यहाँ पुगेर प्रहरी चौकी बेलापुरको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय डडेल्धुराको जिम्मा लगाएको छ । 

प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्