आज मदन-जीवराज स्मृति दिवस मनाइँदै


 


काठमाडौँ, जेठ ३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवस जनतालाई जागृत हुन उहाँहरूले गर्नुभएको योगदानको स्मरण गर्दै आज मनाइँदैछ ।

एमाले र नेकपा (एकीकृत समाजवादी) ले विविध कार्यक्रम आयोजना गर्दैछन् । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी उहाहरुको निधन भएको थियो ।

जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्