भाेजपुर–काठमाडाैं सम्पर्क मञ्चकाे रक्तदान कार्यक्रम
काठमाडाैं, पुस २४
नेकपा (एमाले) भोजपुर-काठमाडौं सम्पर्क मञ्चले वृहत रक्तदान कार्यक्रमको आयोजना गरेकाे छ । प्रत्येक बर्षझै याे पनि मञ्चले “रक्तदान जीवनदान” भन्ने नारा सहित यही पुस २३ गते कार्यक्रमको आयोजना गरेकाे हो ।
काठमाडौंको प्रदर्शनी मार्गस्थित बाल्मिकी क्याम्पसमा भएकाे रक्तदान कार्यक्रममा भोजपुरे लगायत सर्बसाधारणले सहभागीता जनाएका थिए । कार्यक्रममा ३३ जनाले रक्तदान गरेकाे मञ्चका अध्यक्ष रेजिन श्रेष्ठले बताए।
नेपाल रक्तसंचार केन्द्रको ब्लड बैङ्कमा अत्यावश्यकिय रगतको कमी हुन नदिन कार्यक्रमको आयोजना गरिएकाे हाे ।
प्रकाशित मिति: २४ पुस २०७३, आइतबार