सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च


 


काठमाडौं, जेठ ३ । नेपाली बजारमा सुनको मूल्य आज (बिहीबार) फेरि नयाँ रेकर्ड कामय गरेको छ ।

सुन आज हालसम्मकै उच्च विन्दुमा पुग्दै प्रतितोला एक लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हिजो (बुधबार)को भन्दा एक हजार ६ सय बढी हो ।

सुन हिजो प्रतितोला एक लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढ्दा नेपालमा पनि सुनको मूल्य बढिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

चाँदी आज तोलामा एकैदिन ६० रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्