आज विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी


 


काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन् ।

आज बस्ने प्रदेशसभा बैठकमा सोडारीले विश्वासको मत लिन लागेका हुन् ।

बिहान १०ः३० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत दिने प्रदेशसभा सचिवालयले जनाएको छ । एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र (जेठ ५ गतेभित्र) विश्वासको मत लिइ सक्नुपर्छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्