दीपेन्द्रसिंह ऐरी टी–२० अलराउण्डर वरीयताताको शीर्ष १० मा


 


काठमाडौं, जेठ २ । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयताताको शीर्ष १० मा पर्न सफल भएका छन् ।

आईसीसीले जारी गरेको नयाँ वरीयतातामा दीपेन्द्र टी–२० अलराउण्डरतर्फ १० एक स्थान सुधार गर्दै औं स्थानमा उक्लिएका हुन ।

टी–२० अलराउण्डरतर्फ श्रीलंकाका वानिन्दु हसरंगा शीर्षस्थानमा छन् । दीपेन्द्र भन्दा अघि इंग्ल्यान्डका मोईन अली ९ औं र लियाम लिभिङस्टोन ८औं स्थानमा छन् ।

दीपेन्द्र शीर्ष १० मा अट्ने एसोसिएटको एक्लो अलराउण्डर हुन् । अलराण्डरतर्फ एसोसिएटबाट दीपेन्द्रपछि नामिबियाका जेराल्ड इरास्मस १३ औं स्थानमा छन् ।

टी२० को अलराउण्डरतर्फ नेपालका कुशल मल्ल ३२ औं, गुलशन झा ६० औं, रोहित पौडेल एक स्थान घट्दै ६५ औं र करण केसी एक स्थान सुधार गर्दै ७४ औं स्थानमा छन् ।

टी–२० को बलिङको वरीयतातामा सोमपाल कामी ९२ औं स्थानमा यथावत छन् । ब्याटिङतर्फ टी–२० मा दीपेन्द्र ५० औं स्थानमा यथावत छन् ।

रोहित पौडेल ३ स्थान तल झर्दै ६१ औं स्थानमा पुगेका छन् । आसिफ शेख एक स्थान तल झर्दै ८७ औं स्थानमा छन् । नेपाल टी२० आई वरीयताता १७ औं स्थानमा छ ।

प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्