नेविसंघको प्रदर्शन–‘पाप त लाग्छ रवि दाई’


 


काठमाडौं, जेठ २ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारीको बचत अपचलन र गिरीबन्धु टी–इस्टेटमा भएको नीतिगत भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको छ ।

नेविसंघ त्रिचन्द्र क्याम्पसले यस कार्यमा संलग्न रहेकाहरूमाथि कानुनी कारबाहीको माग गर्दै बुधबार बिहान काठमाडौंको घण्टाघर अगाडि प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘पाप त लाग्दा रवि दाई, गुड मर्निङ केपी बा, चिया खानुभो?, गृहमन्त्रीज्यू सहकारी ठग र गिरीबन्धु ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है’ लेखिएको प्ला कार्डसहित प्रदर्शन र नाराबाजी गरेका थिए ।

केपी ओली सरकारले तीन वर्षअघि झापाको बिर्तामोडस्थित गिरीबन्धु टी–स्टेटको अर्बौं पर्ने जग्गा सट्टापट्टा गर्न दिएको निर्णय सर्वोच्च अदालतले तीन महिना अघि बदर गरिदिएको थियो। त्यो फैसलाको पूर्णपाठ गत शुक्रबार सार्वजनिक भएको थियो।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले सदनमा अवरोध गर्दै आएको छ भने संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्