कविता – भानु फेरी कलम लिएर आउ
भानु आज तिम्रो फेरी कलमको खाँचो छ ।
यो मुलुक आज फेरी तिमीलाई खोजी रहेको छ
भानु घाँसीको अर्ती र उपदेश फेरी मुलुकमा लागू गर्नु छ ।
भानु आज जताततै सन्नटा छाएको छ
२१ अाै सताब्दीको रनकले मुलुकमा बिपत्ति आइपरेको छ ।
चौबन्दी पटुकी, फरीया, दौरा र सुरुबाल गलबन्दीले रिसाइ सकेको छ
रोधीघर र चौतारीले धिक्कारी सकेको छ ।
आधुनिकताको नाममा पाश्चात्य मुलुकको सिको र नक्कल डिस्को र क्याफे धाउने जमाद बढिसकेको छ
धर्म कर्म गर्न छाडेर काटमार, बलात्कार र हिंसामा मुलुक लिप्त भएको छ ।
हिजोआज माछापुच्छ्रे सगरमाथा र मकालु हास्न छोडेको छ
भानु फेरी एउटा इतिहास कोर्नु छ ।
मुलुकको अस्तित्व बचाउनु छ
भानु हिजोआज रम्घास र घाँसीकुवाले सधैं तिम्रै बाटो कुरिरहेछ ।
रामायणका स्लोकहरु सुन्न आतुर फेरी रम्घासले तिमीलाई नै पर्खी रहेछ
भानु फेरी तिम्रो खाचो छ , भानु फेरी कलम लिएर आउ ।
सुधीर राई
प्रकाशित मिति: ३ असार २०७२, बिहिबार