ओली बिरामी भएपछि सदनमा अनुपस्थित


 


काठमाडौं जेठ १ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संघीय संसदको संयुक्त बैठकमा अनुपस्थित भएको छन् ।

अपराह्न संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा ओली अनुपस्थित छन्।

अध्यक्ष ओली बिरामी भएका कारण सदनमा अनुपस्थित भएको एमाले सचेतक सुनिता बरालले जानकारी दिइन् ।

प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्