राष्ट्रपति पौडेल भने– अर्थतन्त्रमा क्रमशः सुधार हुँदैछ


 


काठमाडौँ, जेठ १ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गइरहेको बताएका छन् ।

उनले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा सामञ्जस्यताले अर्थतन्त्रमा सुधार भएको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको उनले बताए । मूल्य वृद्धिदर पनि घटेकको पनि उनले बताए ।

उनले मूल्य वृद्धिदर घटेको र कानूनहरुमा सुधार गरी लगानीको वातावरणमा सुधार गरिएको बताए ।

प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्