सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान


 


काठमाडौं, जेठ १ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमा लेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ ।

उक्त पुनर्जागरण अभियान आज (जेठ १ गते) देखि जेठ २५ गतेसम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमा लेख अवधि भित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कुनै पनि बीमा लेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्नपर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमा लेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्