सल्यानमा सुत्केरीको हत्या, श्रीमान् पनि मृत फेला


 


सल्यान, जेठ १ । सल्यानमा श्रीमान् र श्रीमती मृत फेला परेका छन् ।

जिल्लाको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ रतनताल टोलका ३१ वर्षीय केशव राना र उनकी श्रीमती २७ वर्षीय श्रीमती केवली राना मृत फेला परेका हुन् ।

प्रारम्भीक अनुसन्धानबाट १७ दिनकी सुत्केरी केवलीको हत्यापछि उनका श्रीमान केशवले आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन कार्कीले बताए । ।

उनका अनुसार श्रीमतीको सुत्ने कोठामा धारिलो हतियार प्रयोग गरी हत्या भएको र श्रीमान् घर नजिकैको झुण्डिएको अवस्थामा फेला परेका थिए ।

हत्या भएको थाहा पाएपछि ५ वर्षीय जेठा छोरा मंगलबार बिहान करिब ४ बजेतिर आफ्ना ठूला बुवाको घरमा पुगेर जानकारी दिएपछि घटना सार्वजनिक भएको थियो ।

स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार मृतक केशव मानसिक रूपमा अस्वस्थ र धेरै मापसे गर्ने गरेको प्रहरी निरीक्षक धमलाले बताए । राना दम्पत्तीका दुई छोरा र दुई छोरी पनि छन् ।

सल्यानको कुपिण्डे नगरपालिका–४ देउरालीमा पनि आइतबार २३ वर्षीय कमला बुढा र उनका ३४ वर्षीय श्रीमान् मनोज बुढा मृत फेला परेका थिए । यस घटनामा पनि कमलाको हत्यापछि मनोजले आत्महत्या गरेको प्रहरीको प्रारम्भीक निष्कर्ष छ ।

प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्