सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं, जेठ १ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ३७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो (सोमबार) प्रतितोला एक लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्