बालुवाटारमा कांग्रेस नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेतालाई बालुवाटार बोलाएका छन् ।

संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई बालुवाटार बोलाएका हुन् ।

प्रधानमन्त्रीसँगको छलफलका आधारमा कांग्रेसले संसद् चल्न दिने अथवा नदिने विषयमा संसदीय दलबाट निर्णय गर्ने बताइएको छ ।

कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दै छ । प्रधानमन्त्रीसँगको छलफलपछि बैठक बस्नेछ । कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै सदन अवरुद्ध गरिरहेको छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्दैछन् ।

प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्