संसद अवरोधबारे निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै


 


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस नेताहरूका अनुसार बैठक बिहान बस्ने तय भएको हो । हिजो नै बस्ने भनिए पनि बैठक आजका लागि सारिएको थियो ।

सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसको आज बस्ने संसदीय दलको बैठकमो सोही विषयमा छलफल हुनेछ ।

सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै आएको कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने निर्णय गर्ने चेतावनी दिँदै आएको छ ।

यसै विषयमा आजको बैठकले निर्णय गर्नेछ । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आज संघीय संसद्को संयुक्त बैठकमा पेस हुँदैछ ।

प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्