सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै


 


काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् ।

सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ ।

सरकारको सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

संघीय संसद् सचिवालयले २ः४५ भित्र औपचारिक पोशाकमा संसद् हलमा प्रवेश गरिसक्न सांसदहरूलाई आग्रह गरिसकेको छ । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसद् अवरुद्ध गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्