नेपाली क्रिकेटको विकासमा प्रशासनिक असर
इतिहासलाई पल्टाउने हो भने नेपाली क्रिकेट टोली कमजोर टोली मानिदैन । कुनैबेला विश्व क्रिकेटका शक्ति राष्ट्रहरु मानिने अष्ट्रेलिया, ईन्डिया,साउथ अफ़्रिका, इङ्ल्यान्ड जस्ता देश हरुको टि ट्वान्टी वरियताको सुचिमा नेपालको नाम परेको टिम हो।
तर दु:खद कुरा त्यो अवस्था लामो समयसम्म जोगाउन सकेनौ। कुनै पनि लिगमा जित्न नसकेको देश अफगानिस्तान लाई त्यो पनि आफ्नो पहिलो विश्व कपमा हराएको टिम हो नेपाली क्रिकेट टिम ।
विश्वमा सबभन्दा दुर्लभ क्रिकेट इतिहास रच्ने क्रममा सन २००६ को ए सि सि कपमा म्यान्मार लाई १० रनमा समेट्ने टिम अरु कुनै टिम होइन नेपाली क्रिकेट टिम हो । क्रिकेटमा अरबौ लगानी गरि च्याम्पियन बनेका क्रिकेटका शक्ति राष्ट्रहरुले यो रेकर्ड तोडेर देखाउन हामी सगर्ब चुनौती दिन सक्छौ ।
यो महान इतिहास हाम्रो साक्षी छ। हुनत यो रेकर्ड आइ सि सि को माथिल्लो स्तरको रेकर्डमा नरहला त्यसको पछाडी पनि थुप्रै कारणहरु छन यद्यपी ए सि सि स्तरका प्रतियोगिताहरुमा भने रहिरहन्छन ।
आइ सि सि विश्व क्रिकेट लिगको म्याचमा नेपालको स्पिनर शक्ति गौचनले बनाएको रेकर्ड सायदै कुनै पनि खेलाडीले तोड्न नसक्ला । १०ओभरमा ८ मेडन २ रन ३ विकेट ५८ डट बल ।
अनि भारतीय चर्चित क्रिकेटर बिरेन्द्र सहबागले युथ १९ बिश्वकपमा बनाएको रेकर्ड नेपाली क्रिकेटर राहुल बिस्वकर्माले तोडेका थिए । केही बर्षअघि आइ सि सि क्रिकेट लिगका तीन ठुलो उपाधी जित्दै क्रिकेटको स्तर माथिल्लो लेभलमा पुगेता पनि राज्यसस्था र परिषद बाट माथिल्लो स्तरको खेलको संरचना साथमा उच्च स्तरिय खेल प्रबिधी बिकास गर्ने किसिमको ठोस नेतृत्वदायी भुमिका कसैमा पनि देखिएन । सबैका गफ र भाषण सुनिए काम भने शून्य रह्यो।
कुर्सिमा पुग्नेहरु काम नगर्ने र नपुग्नेहरु कुर्सिको खेलमै ब्यस्त रहन लागे। जो पुगे गुट उपगुट बनाइ आपसी खिचातानीमै समय ब्यतित गरेको पाइयो।
क्यानकी पूर्व सिइओ भावना घिमिरेको नेतृत्वले खेलाडीको ग्रेडिङ सिस्टम लगायतका केही राम्रा कार्यको थालनी गरेतापनि राखेपले सम्पुर्ण अधिकार क्यान लाई नदिई बन्धक जस्तो बनाएर राख्यो ।
आइ सि सि ले पटक–पटक चेतावनी र समयसिमा दिदा पनि क्यान भित्रका गुट उप गुट आपसी खिचातानीमै ब्यस्त भए। अन्तमा केही सीप नलागेर आइ सि सि ले आफ्नो नियम बमोजिम क्यान लाई निलम्बन गरिदियो ।
नेपाली खेलाडीहरु तथा आम दर्शकको भावनाको कदर गर्दै खेलाडी लाई खेल्ने अवसर त दिएको छ तर पनि न कुनै सुबिधा न कुनै घरेलु खेलको प्रारुप क्रिकेट स्तर दिनानुदिन खस्किएको छ।
नीजि क्षेत्रबाट हुने एकाध प्रतियोगिता ले कहिले सम्म नेपाली क्रीकेट धान्ला? यो सबैको कारक तत्व नेतृत्व तहको उदासिनता नै हो भन्ने मेरो बुझाइ छ।
क्रिकेटको बारेमा ज्ञान भएका,क्रिकेट बिज्ञ, क्रिकेट मा जीवन बिताएका पुर्ब खेलाडीहरु लगायत लाइ यसको नेतृत्व दिने हो भने क्रिकेट बिकासमा सुधार आउने कुरामा आशाबादी हुन सकिन्छ।
अब अर्को पक्ष फिलिप्स ह्युज स्मृति क्रिकेट प्रतियोगिता र ह्युजको ब्याट र झण्डा लाई सगरमाथा को चुचुरोमा पुर्याउने जस्ता महत्वकान्क्षी निर्णयहरु जसले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय छवि बिस्तार गर्न सक्दथ्यो । नेपाल र अष्ट्रेलिया क्रिकेट बोर्ड बिच समन्वय र सहकार्य हुने थियोऽ जसले क्रिकेट को महारथी राष्ट्रबाट नेपाली क्रिकेटलाई सहयोग नै मिल्ने थियो।
यस्ता महत्वपूर्ण कुरामा समेत मौन बस्ने नेतृत्व बाट खै के आशा गर्नु थियो र ? यद्यपी पनि अष्ट्रेलिया क्रिकेट बोर्डको टोली नेपाल आएर तत्कालीन प्रधानमन्त्री लाई भेट गरी आफुले नेपाली क्रिकेटमा सहयोग र लगानी गर्न चाहेको कुरा ब्यक्त गरेको थियो।
तर कुनै पनि पक्ष बाट पहल नहुदा अष्ट्रेलियाको सहयोग र लगानी पनि गुम्न पुग्यो । पाकिस्तानी क्रिकेट बोर्ड पीसिबी ले पनि क्यानलाई निमन्त्रणा गरी कडा सुरक्षाका साथ आफ्नो घरेलु लिगका खेल खेल्नको लागि नेपाली टिम लाई चिट्ठी पठाएको थियो ।
धेरै क्रिकेट बिज्ञ हरुले जान मिल्ने वातावरण रहेको बताएका थिए तर क्यान ले असुरक्षाको कारण देखाउदै निर्णय गर्यो। क्यान लाई त्यति पनि थाहा थिएन कि युरोप को शक्ति राष्ट्र नेदरल्याण्डको राष्ट्रिय टिमले र केन्याले पाकिस्तानको ए टिम सँग दुई महिना सम्म लामो प्रशिक्षण गरेका थिए । नेदरल्यान्ड जस्तो टिम गएको ठाँउ मा हामी जान किन नहुने ?
यो सबै अन्तर्राष्ट्रिय अवसरहरुलाइ क्याच गर्न सक्ने र आफ्नो पदिय जिम्मेवारीलाई बुझेको सबल नेतृत्व आएमा नेपाल आफ्नो गर्बिलो इतिहासलाई बर्तमानमा बदल्न पुन सक्षम हुनेछ।
आजको आवश्यकता सक्षम नेतृत्व सहितको राजनैतिक हस्तक्षेपमुक्त स्वायत्त क्रिकेट बोर्डको हो । जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका स्टेक होल्डरहरुसग समन्वय गर्दै समग्र नेपाली क्रिकेटको विकासमा नेतृत्वदायी भुमिका खेलोस।
प्रकाशित मिति: २४ पुस २०७३, आइतबार