रुसको आवासीय भवनमा आक्रमण हुँदा १५ जना मृत्यु


 



काठमाडौं । रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा सोमबार दश तले आवासीय अपार्टमेन्ट भवन आंशिकरूपमा क्षतिग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको रूसी समाचार एजेन्सी तासले रूसी आपत्कालीन मन्त्रालयको बयानलाई उद्धृत गर्दै बताएको छ । समाचारअनुसार आइतबार भएको ‘युक्रेनी आक्रमण’ पछि भवन ढलेको हो ।

यसअघि बेलगोरोड र यसका उपनगरहरूमा आइतबार युक्रेनी सशस्त्र बलले ठूलो गोलाबारी गरेको थियो । खसालिएको टोच्का–यू सामरिक मिसाइलका टुक्राहरूले आवासीय भवनलाई क्षति पुरÞ्याउँदा भवनको एउटा भाग ढलेको स्रोतले जनाएको छ ।

यसैगरी रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा आंशिकरूपमा ध्वस्त भएको आवासीय अपार्टमेन्ट भवनमा खोजी र उद्धार कार्य सम्पन्न भएको रूसी आपत्कालीन मन्त्रालयका प्रवक्ताले बताउनुभयो । उहाँका अनुसार १७ जनाको भग्नावशेषबाट उद्धार गरिएको थियो भने भग्नावशेषमुनिबाट १५ जनाको शव निकालिएको थियो ।

यसअघि आपत्कालीन मन्त्रालयले दुई बच्चासहित १२ जनालाई घटनास्थलबाट उद्धार गरिएको बताएको थियो । बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा ठुलो प्वाल भएको भवन ढलेको देखाइएको छ ।

युक्रेनी सेनाले गरेको ‘बृहत् बम विस्फोट’ को निन्दा गर्दै उहाँले आवासीय भवनमा प्रत्यक्ष गोलाबारीपछि।दशौँतलादेखि भुइँतलासम्मको सम्पूर्ण प्रवेशद्वार ढलेको बताउनुभयो ।

रूसी रक्षा मन्त्रालयले सामानिक सञ्जालमा भवनमा टोच्का–यू टीआरसी मिसाइलको टुक्रा खसेको बताएको थियो । बेलगोरोड क्षेत्रमा हवाई सुरक्षाले धेरै रकेट खसालिएको र दुईवटा ड्रोन छुट्टै घटनामा नष्ट भएको पनि अल जजिराले जनाएको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्