ग्लोबल आइएमईले पायो “बेष्ट बैङ्क अवार्ड”
काठमाडौं, ३१ वैशाख । ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैङ्क अवार्ड’ २०२४ बाट सम्मानित भएको छ ।
ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैङ्कहरू छनोट गरी सम्मानित गरेको हो । बैङ्कको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ्गलगायतका मापदण्डहरूमा ग्लोबल आइएमई बैङ्क सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैङ्क भएको हो ।
ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैङ्कहरूलाई सम्मान गरेको हो ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।
ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैङ्क अफ अमेरिका, भारतको स्टेट बैङ्क अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैङ्क, नेपालको ग्लोबल आइएमई बैङ्क, मलेशियाको मे बैङ्क, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रो बैङ्कलगायतका विश्वभरका विभिन्न बैङ्कहरूलाई विभिन्न विधामा सम्मानित गरेको हो ।
ग्लोबल आइएमई बैङ्क देशका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कका ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सय भन्दाबढी सेवा केन्द्र रहेका छन् ।
प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार