कुमारी बैङ्कका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट
काठमाडौं ३१ वैशाख। कुमारी बैङ्क लिमिटेडका ग्राहकलाई चितवनको भरतपुर स्थित निको बाल अस्पतालमा छुट हुने भएको छ ।
बैङ्क र अस्पताल बिच अस्पतालबाट प्रदान गरिने सेवाहरूमा बैङ्कका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको हो ।
यस सम्झौता अनुसार कुमारीका ग्राहकले अस्पतालबाट सेवा लिए बापत गर्ने भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा १५ प्रतिशत छुट पाउने छन् । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवाका साथै अधिकतम लाभ पाउने विश्वास व्यक्त गरेको छ ।
विगत २२ वर्षदेखि निरन्तर सेवा दिदै आएको कुमारीले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ्ग इकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार