माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्तर्गतको १० लाख रकम हस्तान्तरण


 


काठमाडौं, वैशाख ३१ । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बिमा अन्र्तगतको १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ ।

बैंकको आर्दशनगर विरगञ्ज स्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादबको बाईक दुर्घटनामा मृत्यु पश्चात उहाँकी श्रीमती शोभा यादवले गर्नुभएको दाबी अनुसार मिति आइतार उक्त बिमा रकम हस्तान्तरण गरेको हो ।

बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख सुशील थपलियाले उक्त मृत्यु दावी चेक मृतक यादवकी श्रीमती शोभा यादवलाई हस्तान्तरण गर्नुभएको हो ।

बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत १० लाखको दुर्घटना बिमा, तीन लाखसम्म विभिन्न जटिल रोगको उपचार बिमा, एक लाखसम्म अस्पताल भर्ना एंव औषधि उपचार बिमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्