अनलाइन सट्टेबाजीबाट दुई अर्बभन्दा बढी कारोबार, एकजना पक्राउ


 


काठमाडौं, वैशाख ३१ । अनलाइन सट्टेबाजी एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमा रकम लगाउने, संकलन गर्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा उनीसँग विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्