बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि


 


हेटौंडा । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आज सुरु हुँदैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको थियो ।

सरकारको सोही निर्णय र सिफारिसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजका लागि वर्षे अधिवेशन आह्वान गरेका हुन् ।

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १२ गते राति १२ बजेदेखि अन्त्य भएको थियो ।

प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्