सरकारबाट बाहिरिने जसपा नेपालको निर्णय


 


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

स्रोतका अनुसार आइतबार आकस्मिक रूपमा बसेको जसपा नेपाल कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो।

तर निर्णय भने सार्वजनिक गरिएको छैन ।

मधेस प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिए लगत्तै जसपा नेपालले केन्द्रीय सरकारबाट फिर्ता हुने निर्णय गरेको स्रोतले बतायो ।

प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्