दाउरा संकलन गर्ने क्रममा कोइली खोलाले बगाउँदा एकको मृत्यु


 


चन्द्रौटा, वैशाख ३० । वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको मृत्यु भएको छ ।

सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आज बिहान ७ बजे दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो । 

लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजङग रायमाझीले बताउनुभयो ।

लौटनको शव बगाएको ठाउँबाट दुई किलोमिटरको तल शव फेला परेको रायमाझीले बताउनुभये ।

प्रकाशित मिति: ३० बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्