चितवनमा स्कुल बसमा आगजनी


 


काठमाडौँ, वैशाख ३० । चितवनको भरतपुर महानगरपालिका–२० स्थित दद्रेनी पुलमा स्कुल बसमा आगजनी गरिएको छ ।

स्मल हेभन बोर्डिङ स्कुलको बागमती प्रदेश–०६–००१ क ००४५ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको चितवन प्रहरीले जनाएको छ ।

३ वटा मोटरसाइकलमा आगएका व्यक्तिहरुले बसमा आगजनी गरेर भागेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले बताए । उनका अनुसार स्कुल बस विद्यार्थी लिन जाँदै थियो ।

बसको आगो भरतपुर नगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति: ३० बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्