सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


 


काठमाडौं, वैशाख ३० । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।

सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन गत शुक्रबार प्रतितोला एक लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार सात सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३० बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्