प्रहरीमाथि नै तस्करको निगरानी, एक सूचनाको ५०० लिने गरेको खुलासा !


 


कैलाली । कैलालीमा प्रहरीमाथि नै तस्करको समूहहरुले निगरानी राख्ने गरेको खुलेको छ ।

शनिबार धनगढी उपमहानगरपालिका-७ मनेहरा बस्ने बुद्दीराम चौधरी पक्राउ परेपछि यस्तो तथ्य बाहिरिएको हो । उनी प्रहरीमाथि निगरानी राख्ने तस्करका खुफिया हुन् ।

उनले विगत लामो समयदेखि जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिने प्रहरी टोलीको गोप्य रुपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधीको बारेमा अवैध रुपमा भन्सार चोरी, पैठारी तथा निकासी गर्ने नेपाली तथा भारतीय मुलका विभिन्न मानिसहरुको समूहलाई सूचना गरेको खुलेको छ ।

यस्तै उनले सूचना दिएबाफत प्रति सूचना रु.५०० का दरले लिने गरेको कैलाली प्रहरीले जनाएको छ ।

उनीमाथि राष्ट्र सेवकलाई कामकाजमा बाधा अवरोध गरेको कसूरमा थप अनुसन्धान भइरहेको छ । कैलालीका विभिन्न सीमानाकाबाट तस्करी गर्नेहरुले प्रहरीमाथि निगरानी राख्ने गरेका छन् ।

प्रकाशित मिति: ३० बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्