कांग्रेस–माअाेवादीबीच राजदूत भागबण्डा मिल्याे, कसकाे भागमा कति ?


 


काठमाडाैं, पुस २४

सत्ता साझेदार माओवादी केन्द्र र कांग्रेसबीच १३ मुलुकमा राजदूत नियुक्ति सिफारिसबारे भागबण्डा मिलेको छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापतिबीचको पटक पटकको छलफलपछि राजदूत नियुक्ति सिफारिस कोटाको टुंगो लागेको हो ।

आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ कांग्रेसबाट ६ जना, माओवादी केन्द्रबाट ४ जना, राप्रपाबाट २ जना र साना दलका तर्फबाट १ जना राजदूत सिफारिस गरिनेछ ।

प्रधानमन्त्री प्रचण्डले १३ देशमा राजदूत नियुक्त गर्दा दुई पार्टीले आधा आधा बाँड्नुपर्ने अडान राख्दै आएका थिए । यसैकारणले लामो समयदेखि सहमति जुट्न सकेको थिएन ।

प्रकाशित मिति: २४ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्