भारु सटहीको अन्योलता कायमै, अझै पनि भारु नोट ल्याइँदै


 


काठमाडौं, पुस २३
भारु नोट अभाव हटाउन भारतबाट सय रुपैयाँ दरका १ अर्ब रुपैयाँ बराबर भारु ल्याइने भएको छ ।

नेपाल राष्ट्र बैंकले उक्त दरका भारु नोट माघको दोस्रो साताभित्र ल्याउने तयारी गरेको छ ।

भारतबाट सय रुपैयाँका नोट ल्याउन केन्द्रिय बैंकले एक टोली भारत पठाउने अन्तिम तयारी गरेको राष्ट्र बैंक, बैंकिङ कार्यालय थापाथलीका कार्यकारी निर्देशक जनक अधिकारीले बताएको समाचार आजको नागरिक दैनिकमा छ ।

भारतमा प्रतिबन्धित ठुला दरका भारु नोट साट्नको लागि नेपालमा  अझै  अन्योल छ ।

प्रकाशित मिति: २३ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्