ग्लोबल आइएमई बैंकद्वारा प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता


 


काठमाडौं, वैशाख २१ । प्लास्टिकको खपत कम गर्न ग्लोबल आइएमई बैंकले प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ ।

‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकले बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको हो ।

बैंकले आगामी तीन वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ । यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भई सबै प्रादेशिक कार्यालयहरूमार्फत् मुलुकभरका सम्पूर्ण शाखा कार्यलयहरूमा विस्तार हुने बताइएको छ ।

बैंकले आफ्नो स्थापनाकालदेखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषणविरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलापहरू गर्दै आएको छ ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।

प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्