यस्तो छ विमानस्थलमा खटिएर सुरक्षा दिने प्रहरीको विजोग!


 


काठमाडौं, पुस २३
थरिथरिका भिआइपी, तीनलाई भेट्नेको थामिनसक्नु भीड । नत भिआइपीमाथि शंका गर्न मिल्ने, न भेट्न आउनेलाई रोकटोक गर्न सकिने ।

नेपालगन्ज विमानस्थलको सुरक्षा जिम्मेवारी सम्हालेका सई प्रेम बहादुर भण्डारीका लागि सबैन्दा ठूलो चुनौती यही हो । उनको विचारमा सुरक्षा मामिलामा सबैभन्दा जोखिमपूर्ण स्थान नै भिआइपी कक्ष बनेको छ ।

मध्य तथा सुदूरपश्चिमको सबैभन्दा व्यस्त नेपालगन्ज विमानस्थलमा सई थापाले भनेझैं सुरक्षा व्यवस्थापन ठूलो चुनौती बनेको छ ।
दैनिक करिब ५ सय यात्रु ओहोरदोहोर गर्ने विमानस्थलमा यात्रुमाथि सुरक्षा निगरानी गर्न जति सहज छ, दैनिक सरदर दुई तीन जनाको संख्यामा आउने भिआइपीका कारण उत्पन्न सुरक्षा चुनौती चिर्न भने उत्तीकै कठिन छ ।

‘मन्त्री वा नेता आउनेबित्तिकै अनेक खालका मान्छे ह्वारह्वार्ती भिआइपी कक्षभित्र पस्छन्, रोक्न खोज्यो भने उल्टै पुलिसलाई धकेल्छन्’ भण्डारीले भने ‘यस्तो अवस्थामा हामीसँग निरीह भएर हेर्नुको विकल्प हुदैन ।’
‘कहिलेकहि त कार्यकर्ता यती धेरै आउँछन् की भिआइपीलाई बस्ने सोफासमेत हुँदैन । बसेका मान्छेलाइ उठ् भन्न नसक्दा अर्को कुर्सी ल्याएर राख्नुपर्छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २३ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्