झापामा कक्षा १२ को परीक्षा दिएर फर्किरहेकी छात्रामाथि आक्रमण


 


झापा, वैशाख २१ । झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण गरेको छ ।

आक्रमणबाट दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत उदयपुरकी १८ वर्षकी एलिना अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए ।

छात्राको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको उनले बताए । उनको पेटमा गोलीको छर्रा लागेको छ ।

उनलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेर फरार भएको र उनको खोजी भइरहेको डिएसपी चन्दले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्