लक्ष्मी हत्यामा संलग्न तीन जना थुनामा


 


काठमाडौं, पुस २३
सानो वाङ्थली ७ की ३२ बर्षीया लक्ष्मी नेपालीलाई बोक्सीको आरोपमा कुटपिट गरेका कारण मृत्यु भएको भनिएका ओरोपितमध्ये तीनजनालाई जिल्ला अदालत काभ्रेले बिहीबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

हीरा लामा, उनकी आमा काइँली लामा र मृतकका श्रीमान् मिलन परियारलाई पुर्पक्षमा राख्न आदेश भएको छ भने निरमाया तामाङलाई २५ हजार जमानत लिएर तारेखमा राख्न आदेश दिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २३ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्