सात जना उपसचिवहरूको सरुवा र पदस्थापन, को कहाँ पुगे ?


 


काठमाडौँ, वैशाख २१ । गृह मन्त्रालय अन्तर्गत सात जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ ।

६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन गरिएको छ भने जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कार्यरत झरेन्द्र प्रसाद चापागाईंलाई इलाका प्रशासन कार्यालय दमकमा सरुवा गरिएको छ ।

उपसचिव लोकमान श्रेष्ठलाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । सिराहका सहायक प्रजिअमा भीमराज कोइराला र सप्तरीको सहायक प्रजिअमा जितेन्द्र कुमार यादवलाई पदस्थापन गरिएको छ ।

प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्